image
image
मर्जरपश्चात २४ गतेबाट एकीकृत कारोबार शुरू गर्दै सामुदायिक र बिपिडब्लु लघुवित्त

मर्जरपश्चात २४ गतेबाट एकीकृत कारोबार शुरू गर्दै सामुदायिक र बिपिडब्लु लघुवित्त

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार शुरू हुने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै नेपाल धितोपत्र बोर्डले पनि फागुन ९ गते मर्जरका लागि स्वीकृति दिएको हो ।

दुवै कम्पनी एक भएपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी १ः०।८५३५ शेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार शुरू गर्न लागेका हुन् ।

मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो ।

यसअघि असोज ३० गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । फागुन २४ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको फागुन २३ गते सबै सेवाहरु अवरुद्ध हुने कम्पनीले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।