image
image
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने अन्तिम मौका आज

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने अन्तिम मौका आज

काठमाडौं ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तले क्रमशः फागुन ११ र १३ गते बुक क्लोज गर्दैछन् । भोली र पर्सी कारोबार नहुने भएकाले यसमा आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन योग्य हुनेछन् ।

सिद्धार्थ प्रिमियरले गत वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको छ ।

यता, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र ०।३६८ प्रतिशत नगद ९कर प्रयोजनार्थ० लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न फागुन २६ गते नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सभा डाकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।