प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । यससँगै सूचक २०८५.८१ विन्दुमा आएको छ । ४९ कम्पनीको ८ हजार २ सय ६२ कित्ता सेयर कारोबार हुँदा ४० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय २५ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।