image

यस्तो छ तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा

काठमाडौँ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ । गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि विभागले स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट) तोकिएको हो ।

हालै कार्यान्वयनमा आएको मापदण्ड अनुसार केरामा ४२, स्याउमा २७, भन्टामा २१, करेलामा १, बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । यस्तै आलुमा ७१, काउलीमा १३, भिण्डीमा ३ र गोलभेंडामा ७४ तथा चियामा १९ वटा अवशेषको अधिकतम सीमा निर्धारण भएको छ ।

त्यस्तै आल्मोन्ड्स, बदाम, हेजलट्स, ब्राजिलनट्स, पिस्ता, दूध र स्याउको जुसको माइकोटक्सिनको अधिकतम सीमा पनि विभागले थप गरेको छ । साथै विभागले उल्लेखित सीमाभन्दा बढी मात्रामा विषादी प्रयोग गरेको पाइए खाद्य ऐन अनुसार कारबाही हुने बताएको छ ।    
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।