पछिल्लो २४ घण्टामा देशका ३६ स्थानमा वर्षा
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका ३६ स्थानमा वर्षा भएको छ। देशभर रहेका मानव सञ्चालित ७५ र स्वचालित १४३ गरी २१८ वटा वर्षा मापन केन्द्रमध्ये बिहीबार बिहान ८:४५ देखि शुक्रबार बिहान ८:४५ सम्मको समयमा ३६ वटा केन्द्रमा वर्षा मापन भएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नौवटा केन्द्रमा ५ मिलिमिटरभन्दा बढी, आठवटा केन्द्रमा १० र चारवटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको बताएको थियो। सबैभन्दा बढी वर्षा संखुवासभाको नुम केन्द्रमा ३६.६ मिलिमिटर मापन गरिएको थियो।