image
image
बढ्यो नेप्से परिसुचक, २ अर्ब ४३ करोडको कारोबार

बढ्यो नेप्से परिसुचक, २ अर्ब ४३ करोडको कारोबार


काठमाडौं । शेयर कारोबारको पहिलो दिन घटेर बन्द भएको शेर बजार आज भने उकालो लागेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ५७ अंकले बढेर २,०७६ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको मुल्य बढेको छ भने ८६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३१० कम्पनीको ७४ करोड ९१ लाख ३०३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोडमाथिको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ८ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल टेलिकम र पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । 

जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका हुन् ।आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।