image
image
सर्वोत्तम सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही पुस २५ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

त्यसैगरी, कम्पनीले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आइपिओमा आवेदन दिने म्याद भने थप गरेको छ । स्थानीय बासिन्दाले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो ।

साथै, कम्पनीले २ लाख ६७ हजार कित्ता आइपिओ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीको आइपिओमा प्रतिकित्ता ३६०.९० रुपियाँका दरले आवेदन दिनुपर्नेछ भने न्यूनतम कित्ता ५० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।