image
वैदेशिक रोजगार व्यवसायीले मन्त्रालयलाई बुझाए १९ बुँदे ज्ञापन

वैदेशिक रोजगार व्यवसायीले मन्त्रालयलाई बुझाए १९ बुँदे ज्ञापन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नागरिकका विषयमा उठाएका मुद्दाहरुमा सरकारी निकायहरुबिच तालमेल नहुँदा नतिजा आउन नसकेको बताएका छन् । आज श्रम मन्त्रालयमा १९ बुँदे ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्यवसायीहरुका लागि आवश्यक सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए ।

उनले भने,‘सरकारी निकायसँग आवश्यक समन्यव नभएका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उठाएको मुद्दाहरुको प्रभावकारी नतिजा आउन सकेको छैन । व्यवसायी संघले लामो समयदेखि जरुरी मुद्दाहरु उठाइरहको छ तर त्यसको नतिजा आउन सकिरहेको छैन । हाम्रो नीति एकातिर र काम अर्कैतिर भयो । पपुलिस्टिक भयो तर रियालिस्टिक भएन ।’

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन लिने गरिएको सेवा शुल्क चाँडै निर्धारण गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाई छ । सरकारले निर्धारण गरेको सेवाशुल्कका विषयमा थप छलफल गर्नुपर्ने साथै कामदारलाई वैदेशिक रोजगारमा पठाउँदा सबैपक्षबिच घनिभुत छलफल गर्नुपर्ने उनको धारणा थियो । यस्तै ज्ञापन पत्र बुझ्दै श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले १९ बुँदे मागकाबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै उक्त विषयमा छलफल अगाडी बढाउनुपर्ने बताए ।

उनले वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील व्यवसायीहरुले लिने सेवा शुल्क र वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षाको लागि नेपाल व्यवसायी संघले उठाएका मागहरुप्रति मन्त्रालय सकारात्मक रहेको बताए ।

उनले भने, ‘आज वैदेशिक रोजगारको संवेदनशीलता, कामदारहरुको सुरक्षा, हक, अधिकार, सामाजिक सुरक्षामा मन्त्रालय गम्भिर छ । वैदेशीक रोजगारमा अहिले भइरहेको बेथिति हटाउनका लागि संघले चालेको भूमिका सराहनीय छ । ’फ्रि भिसा फ्रि टिकटका बारेमा बुझाई र सेवा शुल्कबारेको बुझाइमा एकरुपता हुन नसको उनको भनाई छ । वैदेशिक रोजगारसम्बन्धी कानून शंसोधनका लागि आफूहरुले छलफल अगाडि बढाएको भन्दै केही दिन भित्रमै टुंगोमा पुग्ने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।