image
image
कामना सेवा विकास बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

कामना सेवा विकास बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

काठमाडौं । कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकका आनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो । यसअवधिमा खुद शुल्क, कमिसन र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको बैंकले जनाएको हो । यस अवधिमा ३२.१९ प्रतिशत खुद नाफाले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

साथै, खुद शुल्क तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको र सञ्चालन नाफा पनि ३२.२४ प्रतिशत ले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ ।

कामना सेवाको चुक्ता पुँजी पुस मसान्तसम्म आइपुग्दा ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।