थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरू
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौं स्वास्थ्य दिवसको अवसरमा बोर्डले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थप ६ जिल्लामा बीमा कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्च्युअल माध्यमबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेका हुन् ।
स्वास्थ्य बीमाको पहुँच अब काठमाडौं र ललितपुरबाहेक देशभरका ७५ जिल्लामा पुगेका छन् । बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले यही आर्थिक वर्षभित्र बाँकी दुई जिल्लामा पनि कार्यक्रम शुरू गर्ने तयारी गरिएको जानाएका छन् ।
कार्यक्रमको सुरुवात गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले सरकार गम्भीर भएर लागेकाले स्वास्थ्य प्रणाली सुधारमा पछाडि फर्किएर हेर्न नपरेको बताएका छन्। कार्यक्रमलाई राम्रो बनाउन सबै कर्मचारी गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए। २०७२ चैत २५ गते कैलाली, इलाम र बागलुङबाट सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरू भएको थियो । यसअघि यस कार्यक्रममा ६९ जिल्लाबाट ३७ लाख ४२ हजार जना सहभागी भइसकेको बोर्डले जानकारी गराएको छ ।