image
image

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी सुरेन्द्र महतोको नाममा रहेको कुल १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याइएको छ ।

बैंकमा अहिले पनि उपेन्द्र महतोले ९३ लाख ७१ हजार ८८० र विरेन्द्र महतोले ६ लाख १७ हजार २४९ कित्ता शेयर होल्ड गरेका छन् । उपेन्द्रले मंसिर ७ गते मात्रै सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि रोशन केसी अध्यक्ष छन् ।

सुरेन्द्रले बिक्री गर्ने शेयरका लागि गोप्य शिलबन्दीमार्फत खरिद गर्न इच्छुक लगानीकर्ताबाट आवेदन माग गरिएको छ । सार्वजनिक सूचनामार्फत न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ कायम राख्दै इच्छुक लगानीकर्ता व्यक्ति तथा संघसंस्थाबाट गोप्य शिलबन्दी बोलपत्र माग गरिएको हो ।

माघ २ गते कार्यालय समयभित्र सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा पुग्नेगरी आवेदन दिन सकिनेछ । शेयर खरिदका लागि न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।