महिला उद्यमि महासंघ र राजापुर नगरपालिका होमस्टेकर्मीको साहस बढाउँदै
काठमाडौं । महिला उद्यमि महासंघ र राजापुर नगरपालिकाले जाडो मौसमा होमस्टेकर्मीको हौसला बढाएका छन् । आइतबार दिउँसो महिला उद्यम महासंघकि अध्यक्ष शोभा ज्ञवाली र नगर प्रमुख दिपेश थारु राजापुर नगरपालिका–१ स्थित मुर्गहवा गाउँमा पुगेका थिए । नगर प्रमुख थारुले अवलोकनका लागि पुगेका संघका पदाधिकारी सामु भविष्यमा मुर्गहवामा संचालित होमस्टेले पर्यटक तान्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको होमस्टे व्यबसायसँगै नगरपालिकाले हातेमालो गर्ने उनले बताए । नयाँ पर्यटकको आवागमनले मुर्गहवामा ८ वटा होमस्टेमा चहलपहल बढ्नेमा नगर प्रमुख आशाबादी देखिन्छन् । एक दशक अघि सुनसान रहने गाउँमा फर्किएको चहलपहल र एकाएक ल्याएको परिवर्तन देखेर आफु निकै खुशी भएको नगर प्रमुख बताउँछन् ।
अवलोकनका लागि मुर्गहवा गाउँमा पुगेकी अध्यक्ष ज्ञवालीले महिला उद्यमीका आवश्यकता र चुनौती पूरा गर्न देशभरका महिला उद्यमीका व्यवसायलाई समावेशी तवरले विकास एवं प्रवद्र्घन गर्न विभिन्न कार्य गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी ढंगले अघि बढाउने बताइन्।
महिला उद्यमी महासंघको बीसौं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनले शोभा ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको थियो । राजधानीमा सम्पन्न महाधिवेशनले ज्ञवालीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यकारिणी समिति निर्वाचित गरेको हो।









