" नजाने भो हाम्रो दुख " बोलको गित सार्वजनिक । ( भिडियो सहित )
१९ पुस, काठमाडौं । काठमाडौं स्थित नयाँ बानेश्वरको सनराईज क्याफेमा आयोजित एक पत्रकार सम्मेलन मार्फत वरिष्ठ गितकार राजेन्द्र थापा को आतिथ्त्यतामा राष्ट्रिय भाव झल्काउने " नजाने भो हाम्रो दुख " बोलको गित सार्वजनिक भएको छ ।
नारद पोखरेलको शब्द रहेको उक्त गितमा ज्वती प्रकाशको संगित भरेका छन भने शिशिर योगिले आवाज दिएका छन । यसैगरी शुरविर पण्डित " दारिबा " , रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय रहेको छ । दिपेन्द्र प्रकाश के.सि को निर्देशनमा निर्माण भएको गितको छायांकन नुवाकोट थाहा नगरपालिका स्थित कुन्छाल गाउँमा भएको थियो । गोबिन्द अन्जानको छायांकनमा तयार गरिएको सो गितलाई कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन ।
गाउँघरमा आफ्ना सन्तान नहुदा बुबाआमाले भोग्नुपरेको पीडा , पछिल्लो समय युवाहरु बिदेश पलायन हुँदै जादा गाउँघरमा बाझो बन्दै गएको खेतवारी साथै समग्रमा व्यवस्था बदलिएपनी नेपालीको अवस्थामा परिवर्तन नआएको कुरालाई विशेष जोड दिदै तयार पारिएको उक्त गितको म्युज भिडियो ओ.एस .आर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।









