नेपाली यू–१९ विश्वकपको तयारी पूरा : लक्ष्य सुपर ६
१८ पुस, काठमाडौं । नेपाली यू–१९ टिमले दक्षिण अफ्रिकामा हुने विश्वकपको तयारी पूरा गरेको छ । विश्वकप खेल्ने टिम सार्वजनिक त भएको छैन, तर बन्द प्रशिक्षणमा रहेका टोलीका सदस्यहरुले विश्वकपमा कम्तीमा सुपर ६ पुग्ने लक्ष्य सुनाएका छन् ।
सन् २०१६ को विश्वकपमा नेपालले आयरल्यान्ड र न्युजिल्यान्डलाई समूह चरणमा पराजित गर्दै सुपर ८ मा स्थान बनाएको थियो । त्यसपछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले सुपर ६ को लक्ष्य राखेको छ ।
नेपाली टिम रहेको समूह डी मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ ।
नेपालको यू–१९ टिमको कप्तान देव खनाल आफूहरुको राम्रो नतिजा ल्याउने र खेल जित्ने नै रहेको बताउँछन् । त्यसमा सहमत प्रशिक्षक जगत टमटा भन्छन्, ‘हाम्रो पहिलो लक्ष्य सुपर ६ हो त्यसपछि हामी सेमिफाइनलका लागि सोच्नेछौं ।’