पश्चिम नवलपरासीमा महिला उद्दमी संघ गठन, आर्थिक संशक्तिकरण गर्ने उदेश्य
काठमाडौं । पश्चिम नवलपरासीमा महिला उद्दमी महासंघ नेपालले महिला उद्दमी संघ गठन गरेको छ । रिवार, समुदाय र मुलुकको परिवर्तनमा योगदान गरेका महिलालाई अलग राखेर मुलुकको सार्थक विकास सम्भव छैन । खासगरी अर्थतन्त्रमा महिलाको सहभागिताले अर्थपूर्ण महत्त्व छ । अर्थतन्त्रका महत्त्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ, जुन सकारात्मक छ । केन्द्रिय अध्यक्ष शोभा ज्ञवालिको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले दुर्गा कोईरालाको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति गठन गरेको हो । जसमा २ जना सदस्यपछि थप गरिने नवगठित समितिका सचिव शान्ति पुनले बताएकी छन् ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै केन्द्रिय अध्यक्ष ज्ञवालिले हालसम्म ६३ जिल्लामा महिला उद्दमी संघ गठन गरि सकिएको र बिस्तारको क्रम जारी रहेको बताउदै महासंघमा ५२ सय बढि लघुउद्दमी महिला आवद्ध रहेको जानकारी दिइन् ।महिलाद्वारा उत्पादित सामाग्रीहरुको विक्री वितरण सहजीकरण गर्नका लागि ६३ बढी औद्योगिक ग्राम निर्माणको प्रक्रिया थालनी गरेको पनि ज्ञवालीले बताइन ।
उहाले देशभरका महिला उद्दमीको आर्थिक संशक्तिकरण, स्वावालम्बी, व्यवसाय प्रबर्द्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको पहुँचमा महिला उद्दमिको व्यवसाय कसरी बढाउने उत्पादनमा गुणस्तरता, वित्तीय पहुँच र संजाल विस्तार लगायतका कार्यक्रममा महासंघले सहयोग गर्ने जानकारी दिदै व्यापार व्यवसाय प्रवर्द्धनमा स्थानीय तहको महत्त्वपुर्ण भुमिका रहने बताइन ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका वडा नं. ३ अध्यक्ष पविन गुरुङले स्थानीय सरकारले पहिले देखि गर्दै आएको कामलाई महासंघले पुणर्ता दिने कामको थालनी गरेको प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहबाट पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महासंघकी तृतीय उपाध्यक्ष बसन्ती प्रधानले उत्पादित बस्तुको डिजिटल प्रविधिबाट बजारीकरण लेभकिङ्गि प्याकेजिङ्ग बारे तालिम दिएकि थिइन । कार्यक्रममा केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेल,रुपन्देही अध्यक्ष अनिता खत्री , महिला बिकास महासंघ परियोजना संयोजक जिवेश बिक्रम अधिकारी लगाएतको उपस्थित रहेको थियो।
त्यस्तै उद्यमी शब्द वास्तवमा अंग्रेजीमा इन्टरप्रेनर फ्रान्सिसी भाषाबाट लिइएको हो । यस शब्दको मूल अर्थ हो, यस्तो आर्थिक नेता जो, नयाँ वस्तुहरू, नयाँ प्रविधि तथा पूर्तिको लागि स्रोतहरूलाई सफलतापूर्वक प्रचलित गरेर सुअवसर बनाउने योग्यता राख्दछ । जसले आवश्यक संयन्त्र तथा साधन, प्रविधि र श्रमशक्तिलाई एक ठाउँमा ल्याउँछ र जसले संगठित गरेर कारोबार चलाउने समेत क्षमता राख्दछन् ।
देशको आर्थिक तथा राजनीतिक प्रणाली जेसुकै होस् । तर आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ, समाजवादी राज्यमा राज्य आफैं उद्यमकर्ता हुन्छ । तर नेपाल जस्तो अल्पविकसित देशहरूमा यही स्थिति रहन्छ, किनभने यस्ता देशहरूमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन संकोच गर्दछन् । जोखिम लिन संकोच मान्दछन् । जुन नयाँ उद्योगहरूसँग सम्बन्ध रहन्छ । उन्नत पुँजीवादी समाजहरूमा निजी उद्यमीहरूले नै समाजको विकासमा महत्वपूर्ण कार्य गर्दछ ।
सामान्यतया महिला उद्यमशीलता भन्नाले महिला उद्यमीहरूबाट गरिने व्यावसायिक प्रतिष्ठानको सञ्चालन, संगठन र स्थापनालाई बुझिन्छ । अथवा सुम्पिटरको उद्यमशीलता अवधारणाअनुसार महिला जसले नवप्रवर्तनद्वारा अथवा अन्य व्यवसायको नक्कल वा स्वीकार गरेर व्यवसाय सञ्चालन गर्दछ भने त्यस कार्यलाई महिला उद्यमशीलताको अर्थमा लिन सकिन्छ ।
उद्यम–व्यवसायले आफूलाई आत्मनिर्भर मात्र बनाउँदैन, मुलुककै अर्थतन्त्रलाई समेत टेवा दिन सक्छ भन्ने सोच धेरै महिलामा पाइन थालेको छ । केही साताअघि वीरगन्जमा महिला उद्यमीहरूको सम्मेलन भएको थियो । त्यहाँ उपस्थित महिला उद्यमीको संख्या र उनीहरूको अग्रसरता देख्दा लाग्यो, मुलुकको अर्थतन्त्रको मुहार चाँडै फेरिनेछ । उद्यम–व्यवसायमा जागरुक महिलालाई परिवार, समाज र सरकारका तर्फबाट निरन्तर प्रोत्साहन भने हुनुपर्छ ।
महिलाको संख्या कुल जनसंख्याको आधाभन्दा बढी छ । यो संख्या आफैंमा शक्ति हो । यसको जति बढी हिस्सालाई उद्यम, व्यवसायमा संलग्न गराउन सकियो, अर्थतन्त्र उति सबल बन्न सक्छ । खासगरी महिलाका लागि क्षमता अभिवृद्धि महत्त्वपूर्ण छ । विश्व बैंकको हालै सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार नेपाल लैंगिक समानताका दृष्टिले दक्षिण एसियाली मुलुकमा सबैभन्दा उत्कृष्ट स्थान (१०० मा ८०.६ अंक) मा छ । तर यो पर्याप्त छैन । राज्यले महिलालाई शिक्षा र उद्यमशीलतामा प्रेरित गर्न सके लैंगिक समानताको सूचकमा नेपालले अझै फड्को मार्न सक्छ ।