image
image
कन्सल्टेन्सीका सञ्चालक र कर्मचारी पक्राउ

कन्सल्टेन्सीका सञ्चालक र कर्मचारी पक्राउ

काठमाडौँ ।   भिजिट भिसाका नाममा रकम असुली गरेर नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम लामालाई पक्राउ गरेको हो । एसपी मिलन केसीका अनुसार, उनीहरुले अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने गरेका थिए ।

प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्इाएको छ । प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिएर विदेश उडाउन सहजिकरण गरिदिने गरेको खुलेको थियो ।

थप अनुसन्धानका क्रममा उनीसँग सम्बन्धका आधारमा ३०० जनालाई विदेश पठाएको आरोपमा ट्राभल्सका सञ्चालक र कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।