image
image
भक्तपुरको नगरकोटमा नेपालकै सवैभन्दा लामो जिपलाइन सञ्चालन

भक्तपुरको नगरकोटमा नेपालकै सवैभन्दा लामो जिपलाइन सञ्चालन

 काठमाडौं ।  भक्तपुरको नगरकोटमा नेपालकै सवैभन्दा लामो जिपलाइन सञ्चालनमा आएको छ।

शुक्रबार पर्यटनमन्त्री सुदन किरातीले उद्घाटन गरेसँगै चाँगुनारायण नगरपालिका-६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन आजदेखि संञ्चालनमा आएको हो।

यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइनका रूपमा स्थापित थियो।

नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन्।

नेपालमा आउने पर्यटकहरूमध्ये ९० प्रतिशत नगरकोट आउने भएकाले उनीहरूलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको थापाले बताए। जिपलाइन बनाउन १५ करोड रूपैयाँभन्दा बढी खर्च भएको उनले बताए। 

उद्घाटनमा पुगेका पर्यटनमन्त्री सुदन किरातीले नगरकोटमा जिपलाइन सञ्चालनमा आएसँगै यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान गर्ने बताए।

उद्घाटनपछि मन्त्री किरातीले पनि जिपलाइन खेलेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।