image
image
एक महिनामा भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स, २६.४ प्रतिशतले बढ्यो

एक महिनामा भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स, २६.४ प्रतिशतले बढ्यो


काठमाडौं । कात्तिक मसान्तसम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह २६.४ प्रतिशतले बढेर ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । असोजको तुलनामा कात्तिकमा रेमिट्यान्स १ खर्ब १२ अर्ब रुपैयाँले बढेको छ । कात्तिकमा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिकमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

कात्तिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो । यो अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।