image
image
'एनिमल'को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री

'एनिमल'को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री

काठमाडौं । रणवीर कपुर अभिनित एनिमलले आक्रामक बुकिङ पाएको छ ।हालसम्म सो फिल्मले २ लाख ५० हजार बढी टिकट अग्रिम बुकिङ पाइसकेको छ । जसअनुसार पिभिआर नक्समा १ लाख ९५ हजार तथा सिने पोलिसबाट ५५ हजार टिकट अग्रिम बुकिङ गरेको हो । ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

‘एनिमल’को माग यति धेरै छ कि केही थिएटरले बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन् । ट्रेड विज्ञहरुले ‘एनिमल’ लाई रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर भएको दाबी गरिरहेका छन् । अहिलेको लागि हेर्न बाँकी नै छ ‘एनिमल’ ले बक्स अफिसमा कति कीर्तिमान बनाउने रु हो त्यो अझै शुक्रबारसम्म हुने बुकिङले देखाएको छ ।

एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो । कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। चलचित्रको संगीत पनि निकै रुचाइएको छ । यो फिल्म डिसेम्बर १ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।