image
तेस्रो सदाचार दीप सम्मान –२०८० प्रदान, ५ जना सम्मानित

तेस्रो सदाचार दीप सम्मान –२०८० प्रदान, ५ जना सम्मानित

काठमाडौं ।  विगत लामो समयदेखि ( Anti-Corruption Academy Nepal )  ले “भ्रष्टाचार मुक्त, सुशासन र सदाचार युक्त” समाजको निर्माण गर्ने दीर्घकालीन लक्ष प्राप्तिको लागि भ्रष्ट्राचार विरुद्धको प्रतिस्ठान, भ्रष्ट्राचार विरुद्धका विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

नेपाली र नेपाल राष्ट्रका लागि सदाचार यूक्त जीबन व्यतित गर्दै आफ्नो व्यक्तिगत तथा व्यवसायीक जिम्मेवारीमा स्वच्छ छवीसहित क्रियाशील रहेका विभिन्न विधाका व्यक्तिहरुलाई प्रत्येक वर्ष सदाचार दीप सम्मान प्रदान गरिने कार्यक्रम अन्तरगत यो वर्ष ( २०८० साल) को सदाचार दीप सम्मान प्रदान गरिएको छ ।

उक्त सम्मानबाट न्याय सेवाको क्षेत्रबाट पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, राजनीतिक क्षेत्रबाट पूर्व सभामुख दमननाथ ढुङ्गाना, सामाजिक क्षेत्रबाट वरिष्ठ समाजसेवी अनुराधा कोइराला, शिक्षा क्षेत्रबाट वरिष्ठ शिक्षाविद् प्रा.डा.केदारभक्त माथेमा र निजामति प्रशासनको क्षेत्रबाट पूर्व प्रसाशक श्री आर.डि. प्रभास चटौत सम्मानित भएका छन् ।

भ्रष्टाचारविरुद्ध अभियानको २७ औं बार्षिकोत्सवको अवसरमा २०८० साल मङ्सिर १२ गते, सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसादबाट उक्त दीप सम्मान प्रदान गरिएको थियो । नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको कार्यक्रममा विभिन्न भ्रष्टचार विरोधि अभियान्ताहरु, सदाचारी व्यक्तिव्तहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनुप जंगमले प्रतिष्ठानका गतिविधि र दीप सम्मान कार्यत्रक्रमको वारेमा प्रष्ट पार्दै स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिको स्पमा रहेका उपराष्ट्रपति रामसहाय प्रसाद यादबले भ्रष्ट्रचार रोक्न नसकेमा देश बन्न नसक्ने र संगठित भ्रष्ट्रचार र अपराध बढ्दैजाने हुनाले सबै सेवाप्रदायक र सरकारी तथा निजि क्षेत्रमा हुने भ्रष्ट्राचारको विरुद्ध खवरदारी गर्नु र अवाज अठाउनु सबै सचेत नागरिकको जिम्मेवारी रहेको बताए ।

देशबाट गरिबी, बेरोजगारी र पछौटेपन हटाउन जरुरी रहेको भन्दै यादवले शिक्षाको माध्यमबाट जीवनको मूल्य पहिचान गराएर मानिसलाई नैतिकवान, चरित्रवान र व्यावहारिक आदर्शवान बनाउनुपर्नेमा जोड दिए ।

भ्रष्टाचार मुलुककै लागि कलंक भएको भन्दै उपराष्ट्रपति यादवले यसलाई नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति, उन्नति र विकास कठिन हुने बताए । ‘प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी छ’ उनले भने ‘सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक छ । देश निमार्णका लागि सुशासन, सदाचार र व्यवहारको प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता हो ।’

यसैगरि कार्यक्रमका अध्यक्ष एबं भ्रष्ट्रचार वीरोधि अभियान्ता भरत जंगमले आफुले भ्रष्ट्रचारको विरुद्धमा दशकौदेखि निरन्तर रुपमा लडिरहेको वताउदै र यसमा हातेमालो गर्न सबैलाई आह्वानसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।