image
image
घाँसीकुवामा बस दुर्घटना, २ को मृत्यु ३४ घाईते

घाँसीकुवामा बस दुर्घटना, २ को मृत्यु ३४ घाईते


काठमाडौं । पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा पर्दा अरु ३४ यात्रु घाईते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना मध्ये मृत्यु भएका २ जनाको सनाखत हुन सकेको छैन । ३४ जना घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रशासनले जनाएको छ ।

धरानबाट पोखरातर्फ जाँदैगरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।