image
image
सिटिजन्स बैंकको १८९औं नयाँ शाखा काठमाडौं टेकुमा संचालन

सिटिजन्स बैंकको १८९औं नयाँ शाखा काठमाडौं टेकुमा संचालन


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८९औं शाखा काठमाडौं टेकुमा संचालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकले ३७ वटा र वाग्मती प्रदेशमा ५१ वटा शाखा पुर्‍याएको छ ।

टेकुमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखा उद्घाटन गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने बताए ।

सो अवसरमा बैंक संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थिए ।

सुविधासम्पन्न टेकु शाखामार्फत लकर, एटीएम सेवा लगायत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंकले देशभर हालसम्म १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरूबाट १६ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको प्रेस जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।