image
image
१८ अर्बमाथिको आन्तरिक ऋण नवीकरण गर्दै नेपाल राष्ट्र बैंक

१८ अर्बमाथिको आन्तरिक ऋण नवीकरण गर्दै नेपाल राष्ट्र बैंक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १८ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।

यसअघि भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

राष्ट्र बैंकले मंसिर १२ गते जारी हुने २८ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ। २८ दिनका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण हुनेछ। यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः पुस १० गते, २०८१ जेठ १५ गते र २०८१ मंसिर ११ गते रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।