image
विपिडब्लु लघुवित्तद्वारा पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

विपिडब्लु लघुवित्तद्वारा पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक


काठमाडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात् तीन महीनामा ६६ लाख ८८ हजार नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी २५ लाख ८५ हजार नोक्सानीमा थियो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी बढेकाले र १ करोड २६ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफामा गएको हो । गत आवमा कम्पनीले २० लाख ८ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर ४९ लाख ४९ हजार पुगेको छ ।

चुक्ता पूँजी ३ करोड रहेको कम्पनीले जगेडामा ९ लाख ८७ हजार सञ्चिति गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा १६ करोड १५ लाख सापटी लिएर, ४ करोड ९१ लाख निक्षेप संकलन गरेर १८ करोड ९५ लाखभन्दा कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात १ दशलमव १२ गुणा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ २९ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।