image
सोल्टी होटलले गर्यो गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा

सोल्टी होटलले गर्यो गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सोल्टी होटलले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको २६.५७८९ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । त्यस्तै ५ प्रतिशत बोनस सेयर गरि कुल ३१.५७ लाभांश प्रदान गर्न पनि प्रस्ताव गरेको छ ।

अंकित मूल्य १० रुपैयाँका दरले कम्पनीको कुल ८ करोड ८४ लाख ७१ हजार ५०६ कित्ता सेयर जारी भएको छ । लाभांश पारित गर्नका लागि कम्पनीले पुस २६ गते प्रज्ञा भवनमा वाषिर्क साधारणसभा गर्ने भएकोछ ।

त्यस्तै पुस ५ गते कम्पनीले सेयरधनीको दर्ता किताव बन्द गर्ने भएकोछ । अघिल्लो दिन पुस ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।