image
रुकुम पश्चिममा जिप दुर्घटना, २२ घाइते, ७ जनाको अवस्था गम्भीर

रुकुम पश्चिममा जिप दुर्घटना, २२ घाइते, ७ जनाको अवस्था गम्भीर


काठमाडौं । रूकुम पश्चिममा यात्रुबाहक गाडी दुर्घटनामा परेको छ ।सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको २२ यात्रु बोकेको जिप चौरजहारी नगरपालिका–८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।

जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको र जिपमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। उननका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल लगिएको छ।जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीले आकलन गरेको छ। जिप चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।