image
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ


काठमाडौं । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

जनकपुरस्थित गंगा सागरमा राताभर जाग्राम बसेका ब्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी ब्रत समापन गरेका छन् । हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।

दुलही झैं सिंगारिएका तलाउमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ । आज बिहानै उदाउँदो सूर्यको पूजा उपासना गरी अर्घ दिएसँगै चारदिन लामो छठ पूजा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।