image
image

रोजगारी र  उद्यमीका लागि रोलिङ नेक्सस बहुउपयोगि : मुख्य मन्त्री राई  

विराटनगर । रोलिङ्ग प्लान प्रालिद्वारा संचालित रोलिङ्ग नेक्ससको साखा प्रदेश न. १ को  विराटनगरमा पनि शुरु गरिएको छ ।बुधबार विराटनगरमा एक कार्यक्रमको वीच उक्त साखाको विस्तार गरिएको हो ।उक्त कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगाएतको उपस्थितिमा सम्पन्न गरिएको थियो । 
​​​​
कार्यक्रममा रोलिङ्ग प्लान प्रालिद्वारा सर्वाजनिक गरिएको रोलिङ्ग नेक्सस, रोलिङ्ग कर्मशिल स्वदेश र रोलिङ्ग कर्मशिल विदेश एपको चर्चा गरिएको थियो । केही दिन अघि मात्र रोलिङ्ग नेक्ससले काठमाण्डौमा समेत सो एपहरु सार्वजनिक गरिएको थियो ।साथै रोलिङ्ग नेक्ससले सातै प्रदेशमा एपहरु सार्वजनिक गर्ने जनाएको छ । एपमा चार ईको अवधारणा अघि सारिएको छ । जस अन्तरगत रोजगारीको सृजना, उद्यमशीलता, शशक्तिकरण र संलग्नता रहेको छ ।

​​​​

 प्रालिले रोलिङ्ग नेक्सस डटकम नेपाल कै पहिलो ब्यवसायिक सामाजिक सञ्जाल दावी गरेको छ । करिब ६ महिना लामो सफल परिक्षण पश्चात सार्वजनिक गरिएको उक्त एप उद्यमशिलता, बजार ब्यवस्थापन लगायत रोजगारी र अवसरको खोजी, टेण्डरको खोजी र ब्यवस्थापन, नेपाली घरेलु उद्यमी प्रर्वद्धन लगायतका बिषयमा उपयोगी हुने बिश्वास लिईएको छ। 


त्यसैगरी कार्यक्रममा बोल्दै रोलिङ्ग नेक्ससका अध्यक्ष अनुप जंगमले रोजगारी र उद्यमशीलताको संम्भावना र अवसरका लागि आफुहरुको अभियान फलदायी हुने बिशवास ब्यक्त गरे । उनले एपमा सातवटा समूह रहेको बताउँदै १८ बर्षदेखि ६५ बर्ष उमेरका समूहमा पर्ने करिब दुई करोड श्रम शक्तिलाई प्रभावकारी हुने बताए ।


कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रोलिङ्ग नेक्ससले थालेको अभियान प्रभावकारी ढंगबाट सञ्चालन भए सबैलाई लाभ हुने बताए । उनले पछिल्लो समय सूचना प्रवधिको बिकास बढेको बताउँदै डिजिटल प्रविधिको युगले परिवर्तन संम्भव हुने बिश्वास ब्यक्त गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रोलिङ्ग नेक्ससलाई सफलताको शुभकामना दिएका थिए ।त्यसैगरी उनले यस सञ्जालले उत्पादनशील जनसंख्यालाई थप ऊर्जाशील बनाउने बताए।

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।