image

खुकुरी देखाएर आईएमई लुटपाट गर्ने ४ जना  पक्राउ 

काठमाडौँ १९ चैत । काठमाडौँको न्यूरोडमा दिनदहाडै खुकुरी देखाएर रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुट्ने  चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी रहेका छन् । तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् ।

बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । मध्यान्ह साढे ३ बजे आईएमईमा छिरेर उनीहरुले लुटेका हुन् । प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद गरेको छ । एसएसपी सिंहका अनुसार तिलक राउत नेतृत्वको समूहले सो आईएमई लुटेका हुन् । लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीलाई बताएका छन् । 

     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।