image
image
सानिमा माई हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

सानिमा माई हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

 

काठमाडौ, २४ असोज । नेपाल स्टक एक्सेचन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

हिजो मंगलबारको अन्तिम कारोबार मूल्य ३२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । मूल्य समायोजन पश्चात भाउ २९७ रुपैयाँ २७ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आज बुधबार यसको कारोबार खुला हुनेछ । 

यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरी कुल १०.५२६३% लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।