image
image
३० असोजबाट सेयर लिलामी खुला गर्दै अरुण काबेली पावर

३० असोजबाट सेयर लिलामी खुला गर्दै अरुण काबेली पावर

काठमाडौ, २३ असोज । अरुण काबेली पावरले असोज ३० गतेदेखि २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक १४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

यसअघि कम्पनीले भदौ ११ देखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।