image
image
महिला उद्यमी महासंघको 'मिट एन्ड ग्रीट' कार्यक्रम सम्पन्न

महिला उद्यमी महासंघको 'मिट एन्ड ग्रीट' कार्यक्रम सम्पन्न

 

काठमाडौ, २३ असोज । महिला उद्यमी महासंघ नेपालले विशालनगरस्थित आफ्नो कार्यालयमा एक भेटघाट कार्यक्रमको आयोजना गरेको छ । महासंघका पदाधिकारीहरु,महिला उद्यमीहरु र सदस्यहरुको माझमा भेटघाट कार्यक्रमको आयोजना गर्दै महिला उद्यमीहरुको विकास एबम प्रवर्धनमा निरन्तर समर्पित रहेको बताईएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले भनिन्,' महासंघले आफ्नो उद्देश्य अनुरुप राष्ट्रिय एबम अन्तरास्ट्रिय स्तरमा हुने नीतिनिर्माण प्रक्रियामा महिला उद्यमीहरुको हक अधिकारका बारेमा अझ प्रभावकारी रुपमा लाग्नेछ ।'

नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुनका लागि व्यापारमा पनि लैँगिकमैत्री तथा उत्तरदायी नीति र कार्यक्रम अघि सार्नुपर्ने विषय राख्दै निवर्तमान अध्यक्ष निरु रायमाझी खत्रीले अध्यक्ष शोभा ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका थिए ।

उक्त कार्यक्रममा महासंघले २० वर्षको अवधिमा सञ्चालित क्रियाकलापको विवरण भिडियोमार्फत प्रस्तुत गरेको थियो ।सदस्यता प्रमाणपत्रको वितरणका साथै सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।