image
image
जीवन बिमा कम्पनीहरूले २ महिनामै आर्जन गरे २९ अर्ब बढी बिमा शुल्क

जीवन बिमा कम्पनीहरूले २ महिनामै आर्जन गरे २९ अर्ब बढी बिमा शुल्क

काठमाडौ, १८ असोज । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा २९ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको भदौ मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघु जीवन बिमा कम्पनीसहित १६ वटा जीवन बिमा कम्पनीहरुले कुल २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।

जसमध्ये ४ अर्ब ३३ करोड ६७ लाख १९ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने २४ अर्ब ७९ करोड ४४ लाख ६४ हजार नवीकरण बिमा शुल्क रहेको छ । कुल बिमा शुक्लमध्ये २ वटा लघु जीवन बिमा कम्पनीको हिस्सा १३ लाख ४५ हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

त्यसपछि, राष्ट्रिय बिमा संस्थानले ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले पनि ३ अर्ब माथि बिमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले ८ लाख १५ हजार ३३६ वटा बिमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बिमा कम्पनीले ६५१ वटा बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै मेट लाइफ इन्सुरेन्सले ५ लाख ३२ हजार ३८१ वटा बिमा लेख जारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।