image
image
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म पाइन्छ भर्न ?

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म पाइन्छ भर्न ?

 

काठमाडौं, १८ असोज । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । यस कम्पनीले पहिलो चरणको निर्धारित समयमा आईपीओमा मागभन्दा कम आवेदन परेकाले समय थप गरेको हो । अब यस कम्पनीको आईपीओमा असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तथापि, उक्त समय अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा जुनसुकै दिन सूचना जारी गरेर आईपीओको बिक्री बन्द गर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । 

 सीडीएसका अनुसार यस कम्पनीको आईपीओमा मंगलबार (असोज १६ गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख ३२ हजार ९५३ जनाले ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा धेरै कम हो । कम्पनीले असोज १४ गतेदेखि १००अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो । 

 यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

 क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।