image
image
अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

काठमाडौं, १२ असोज । अर्थ समितिले समितिको कार्यविधि २०८० स्वीकृत गरेको छ । आज बसेको समितिको  बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिएका हुन् । 

उनले भने, ‘माननीय सदस्यहरुले राख्नुभएको राय,सल्लाह र सुझावलाई समेटेर कार्यविधि तयार गर्न सचिवालयलाई निर्देशन दिन्छु । आजको यो हाम्रो कार्यविधि सचिवालयले फाइनल गर्ने गरी पास भयो ।’उनले आफूहरुले दिएको ८० प्रतिशत निर्देशन लागु नभएको भन्दै भत्ताको लागि मात्र बैठक बसेको जस्तो नकारात्मक सन्देश गएको बताए । 

अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लागि पर्ने उनको भनाई छ । ‘दिएको ८० प्रतिशत निर्देशन लागु नहुने भयो भने बैठक बसेको के अर्थ निर्देशन आईरहन्छ गईरहन्छ भन्ने भयो मन्त्रालयलाई पनि यसरी भत्ता खान मात्र बैठक बस्न सकिँदैन । आजै भन्छु १६ गते ११ बजे बस्छौ अर्को ।

एजेण्डा सहित त्यसमा अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लाग्ने छौं।’ उनले भने ।बैठकमा सभापति चालिसेले कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी तोकिएको जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।