image
image
एनएमबि ५० र हाइब्रिड फन्ड एल–१ को बुक क्लोज मिति तय

एनएमबि ५० र हाइब्रिड फन्ड एल–१ को बुक क्लोज मिति तय

काठमाडौं, ९ असोज । ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति घोषणा गरेका छन् । एनएमबि क्यापिटलका अनुसार दुवै म्युचुअल फन्डको इकाईका लागि असोज १२ गते शुक्रबार बुक क्लोज हुनेछ । तसर्थ, असोज ११ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् । तर ११ गते बिहीबार इन्द्र जात्रा परेको छ ।

यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुन्छ । उपत्यका विदामा नेप्से तथा सेयर बजार बन्द हुन्छ । यसआधारमा बुधबार असोज १० गतेसम्म कायम इकाईधनीले मात्र यी दुई म्युचुअल फन्डले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश यसअघि नै घोषणा गरिसकेका छन् ।दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित १५५ का दरले नगद लाभांश ९प्रतिफल० पाउने क्यापिटलले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।