image
image
महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण रहेको छ : मन्त्री रिजाल

महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण रहेको छ : मन्त्री रिजाल


काठमाडौं, २७ भदौ । दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट टे«डिङ्गको भूमिका महत्वपूर्ण रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताएका छन् । साल्ट टे«डिङ्गको ६१ औं वार्र्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले जनतालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा साल्ट ट्रेडिङ्ग ले काम गर्दै आएको भन्दै मूल्य समायोजनामा यो संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘आम जनताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गर्न पाउँन पर्छ भन्ने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा यस संस्थाले अब्लम्बन गरिरहेको छ । मूल्य वृद्धिले उपभोक्तालाई मार नपरोस भनेर सरकारले नियमित बजार अनुगमन गर्नुको साथै आफू अन्तरगतका संस्थाहरु मार्फत बजार भाउ नियन्त्रणमा भूमिका खेल्दै आएको छ र त्यसमा साल्ट टे«डिङ्गको भूमिका महत्वपूर्ण छ ।’

यस्तै, उनले आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न सके संस्थाको महत्व अझै बढ्ने बताए । उनले भने, ‘आगामी दिनमा पनि यो सक्रियता कायम नै रहने विश्वास लिएको छु । साथै आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योग्दान पु¥याउँन सकेमा संस्थाको महत्व अझै बढ्छ ।’

नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउँने आफ्नो मूल्य र मान्यतालाई अवलम्बन गर्दै सेवा पु¥याउन गरेको प्रयास प्रशंसा योग्य भएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।