image
image
आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै


काठमाडौं, २७ भदौ । सरकारले बुधबार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाइदिने भएको छ । अहिलेका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई निःशुल्क एचपीभी खोप दिइने भएको हो ।

कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा आफ्नो उमेर खुल्ने परिचय पत्र देखाएर किशोरीले खोप लगाउन सक्नेछन् । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।नियमित खोप चल्ने भएकाले २८ र २९ भदौमा कोशी र मधेश प्रदेशमा सञ्चालन हुनेछ भने बाँकीमा बुधबारदेखि सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।