महिला उद्यमी महासंघ र राष्ट्रपतिबीच भेटघाट
काठमाडौ, २५ भदौ । महिला उद्यमी महासंघ नेपाल (एफविन) को २० औं साधारण सभा तथा नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित शोभा ज्ञवालीको नेतृत्वमा महासंघका पदाधिकारीहरु, कार्यकारणी सदस्यज्यूहरु तथा जिल्ला संघका अध्यक्षज्यूहरुको आइतबार दिउसो राष्ट्रपति श्री रामचन्द्र पौडेल संग राष्ट्रपति भवनमा भेटघाटको कार्यक्रम भएको थियो ।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले महिला उद्यमिका सामाजिक एवं आर्थिक सशक्तीकरणका लागि बहस तथा पैरवी अझ सशक्त रुपले अघि बढाउने बताउनु भयो । महिला क्षमता अभिबृद्धि गर्ने कार्यमा महासंघ अझ बिस्तृत ढङ्गबाट सीपमूलक तालिम प्रदान गर्ने, आर्थिक दक्षता, डिजिटल मार्केटिङ्ग र व्यवसाय बिकास केन्द्रका विभिन्न सेवामा महिला उद्यमीको पहुँच बढाउने जस्ता विषयमा जानकारी गराउनु भएको थियो ।
राष्ट्रपतिसँगको भेटमा संस्थापक अध्यक्ष शान्ति चढ्ढा र निवर्तमान अध्यक्ष निरु रायमाझी खत्रीसमेतको सहभागिता थियो। अध्यक्ष ज्ञवालीले राष्ट्रपतिसमक्ष ज्ञापनपत्रसमेत पढेर सुनाउनु भएको थियो ।उक्त कार्यक्रममा राष्ट्रपतिज्यूले महिला उद्यमशिलतालाई देश बिकासको आधारको रुपमा रहेको र थप राम्रो काम गर्नका लागि हौसला प्रदान गर्नु भयो ।









