image
image

प्याज खानुका अचुक फाइदाहरु


काठमाडौं, २३ भदौ । प्याज हामीले प्राय खानासँग र खाजासँग स्वाद अनुसार खाइरहेका हुन्छौ। स्वास्थ्यका दृष्टिकोणले प्याज खानु निक्कै फाइदा हुने चिकित्सकले बताएका छन्। यसले शरीरमा भीटामिनको पूर्ति गर्नुका साथै रोगप्रतिरोधात्‍मक क्षमतालाई बढाउने गर्दछ। सलाद होस् वा तरकारी र अचारमै किन नहोस् प्याज धेरै खाइने चिज हो ।

स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा मात्र सिमित छैन ।प्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य समस्याको रोकथाम र उपचारमा प्याज लाभदायक हुन्छ । प्याजका फाइदाहरु यसप्रकार छन् ।

प्याज खानाले पेटमा पाचन रसको उत्पादन बढ्दछ । जसका कारण हामीले खाएको खानेकुरा राम्रोसँग पच्दछ र पाचन सम्बन्धी समस्या पनि कम हुन्छ ।
प्याजको रसमा मह मिलाएर खानाले ज्वरो, रुघाखोकी, तथा घाँटी खसखस गरेको र एलर्जी जस्ता समस्यामा राहत मिल्दछ ।

प्याजमा क्रोमियम तत्व हुन्छ जसले रगतमा भएको चिनीको मात्रा अर्थात् ब्लड सुगर नियन्त्रणमा मद्दत गर्दछ ।

काँचो प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ ।

दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।

प्याजमा विभिन्न फाइटोकेमिकल्स तथा भिटामिन सी पाइन्छ, जसले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँदछ ।

यदि माहुरीले चिल्यो भने उक्त ठाउँमा प्याजको रस लगाउनुहोस्, दुखाइ तथा सुन्निने क्रम पनि कम हुन्छ ।

प्याजको नियमित सेवनले पेटको अल्सर अर्थात् ग्यास्ट्रिक अल्सरको जोखिम कम हुन्छ । प्याजमा भएको तत्वले सरीरको फ्रि रेडिकल्स हटाउन मद्दत गर्दछ ।
नाकबाट विभिन्न कारणले रगत बगिरहेको छ भने काँचो प्याज काटेर सुँघ्नाले रगत बग्न बन्द हुन्छ ।

प्याजमा क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । यसमा हुने क्वेर्सेटिन नामक यौगिकले क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।