मलेसियामा कामदारको अधिकार तथा बासस्थानमा सुधार नभएको ठहर
काठमाडौं, १९ भदौ । मलेसियामा आप्रवासी कामदारको अधिकार तथा बासस्थानमा सुधार नभएको देखिएको छ । मलेसियाले आप्रवासी कामदारको बासस्थानको विषयलाई उच्च प्राथमिकता दिएको बताए पनि उनीहरुको अवस्थामा लापरबाही भएको देखिएको छ ।
आप्रवासी कामदार बस्ने होस्टेलहरुको अनुगमन गरेका मलेसियाका पूर्वश्रममन्त्री एम कुलासेगरनसहितको अनुगमनकर्ताहरुले धेरै आप्रवासी कामदारका लागि मलेसिया जीवित नरकघर बनेको टिप्पणी गरेका छन् ।
विदेशी कामदारहरुका लागि बासस्थानसहित सहज जीवनयापन सुनिश्चित गर्न कानून पारित भएको चार वर्षपछि सेपाङ, सेलान्गोरमा रहेको एउटा कामदारको होस्टेल निरीक्षण गर्दा आप्रवासी कामदारहरु कमजोर मानवीय अवस्थामा बाँचिरहेको भेटिएको हो । त्यहाँ खिया लागेको पाइपबाट आउने पानी खानु परेको र ३० जनाभन्दा बढीले एउटै शौचालय प्रयोग गर्न बाध्य भएको पाइएको छ ।
नेपाली र बंगलादेशी कामदारहरुलाई राखिएको होस्टेलका केही युनिटहरुमा बिजुली नभएको र धेरै एकाइहरु माटोको जालोले टाँसिएका र खिया लागेको पाइपहरुबाट पानी चुहिएको देखिएको निवर्तमान मानव संशोधन मन्त्री एम कुलासेगरनले बताए । उनले भने, ‘आप्रवासी कामदारहरुको हितको रक्षा गर्न कानूनहरु पहिले नै छन्, तर कानून कार्यान्वयनको अभावले आप्रवासी कामदारको बासस्थान दयनीय देखिएको छ ।’ मलेसियाको श्रम विभागले पर्याप्त जनशक्ति नभएको भन्दै होस्टेलहरुको अनुगमन गर्न नसकेको बताएको छ ।