image
image

आँखा पाक्ने रोगको रोकथामको कार्य भइरहेको छ

 

काठमाडौं, १२ भदौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आँखा पाक्ने भाईरल रोगको रोगथामको लागि संघीय द्रुत प्रतिकार्य समिति गठन भई रोगथामको काम भइरहेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद आस्मा कुमारी चौधरीले उठाएको प्रश्नको जवाफमा उनले रोगको रोगथामको लागि संघीय द्रुत कार्य प्रतिकार्य समिति गठन भई रोगथामका कार्य भईरहेको र सङक्रमितहरुलाई सहजरुपमा औषधी उपचारको व्यवस्था मिलाईएको जानकारी दिएका हुन् ।

उनले भने,‘आँखा पाक्ने भाईरल रोग रोक्न तथा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङख्या मन्त्रालयल देशभरका अस्पतालबाट अभियान सुरु गरेको छ । समुदाय स्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यहरुसाथ सङक्रमितहरुलाई सहजरुपमा औषधी उपचारको व्यवस्था मिलाईएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत कार्य प्रतिकार्य समिति गठन भई रोगथामका प्रवद्र्धनमा बिभिन्न कार्यपनि भईरहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।