image
image
नक्कली सर्टिफिकेट दिएर जापान पठाउने कुन–कुन म्यानपावर हुन् ?

नक्कली सर्टिफिकेट दिएर जापान पठाउने कुन–कुन म्यानपावर हुन् ?

 काठमाडौं, ११ भदौ ।  जापान जान अनिवार्यरुपमा लिनुपर्ने जापानी सस्कृति तथा भाषा परीक्षा नै नदिएकाबरु पनि नक्कली सर्टिफिकेट लिएर वैदेशिक रोजगारीका लागि जापान पुगेको खुलेको छ । विगत १२ वर्षदेखि तत्कालीन श्रम मन्त्रालय र हालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अनुमति प्राप्त जाईका अल्मुनाई एशोसिएसन अफ नेपाल (जान)ले लिने भाषा संस्कृतिसम्बन्धी परीक्षा उत्तीर्ण आवेदकहरु जापानको श्रम स्वीकृतिका लागि योग्य मानिन्छन् ।

तर ‘ जान’ मा भाषा परीक्षाका लागि आवेदन नै नगरेका केही युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि जापान पुगेको गाईंगुईं चलेपछि वैदेशिक रोजगार विभागले त्यस विषयमा आन्तरिक छानबिन शुरु गरेको बताइएको छ । छानबिनपछि विस्तृत विवरण सार्वजनिक गरिने विभागका एक कर्मचारीले बताएका छन् ।

 विभागले यसअघि विभिन्न श्रम तथा रोजगार कार्यालयबाट दिइने जापानको पूर्व तथा अन्तिम स्वीकृति आइतबारदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट मात्रै दिने निर्णय गरेको बताइएको छ ।

 नक्कली सर्टिफिकेट दिलाएर जापान पठाउने कुन-कुन मेनपावर हुन् भन्नेबारे मध्यान्हको अनुसन्धान जारी छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।