image
image

गदर–२ को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी


काठमाडौ, १० भदौ । बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमिषा पटेल अभिनित फिल्म ‘गदर २’ ले शनिबार २६ अगस्टमा बक्स अफिसमा इतिहास रचेको छ । हो, शुक्रबार रिलिज भएको फिल्म ‘ड्रिम गर्ल २’को ‘गदर २’ को कमाईमा केही फरक पर्न सक्ने विश्वास गरिएको थियो तर यो पटक्कै भएको छैन । आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ ले पनि यो फिल्मको गतिलाई रोक्न सकेन ।

तारा सिंहलाई संसारभर मन पराइएको छ, जसका कारण उनको चर्चा सर्वत्र छ । तारा सिंह र सकिनाको कथाले विश्वभर करोडौंको व्यापार गरेको छ । हालै यसको १६ औं दिनको कमाई सार्वजनिक भएको छ । एक रिपोर्टका अनुसार फिल्मले शनिबार मात्रै १३ करोड कमाएको छ । विगत ५ दिनदेखि गदर २ को कमाईमा कमी आएको भए पनि शनिबार चलचित्रले अघिल्लो दिनको तुलनामा दोब्बर कलेक्शन गरेको छ ।

अहिले फिल्मको कुल कमाई ४४० करोड पुगेको छ । आइतबार फिल्मले घरेलु बक्स अफिसमा ४५० को आंकडा छुने अपेक्षा गरिएको छ । योसँगै विश्वब्यापी बक्स अफिसमा यो फिल्मको कलेक्सनले ५७५ करोडको आँकडा पार गरेको देखिन्छ ।

गदर २ को कुरा गर्दा यो २००१ मा आएको फिल्मको सिक्वेल हो । यसको सिक्वेलमा गदरको स्टारकास्ट मात्रै देखा परेका छन् । सनी देओल, अमिषा पटेल र उत्कर्ष शर्मा मुख्य भूमिकामा देखिएका छ ।

फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन् । गदर २ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले विश्वभर ५ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।