image
image
साउदीको सप्लाई कम्पनीमा नेपाली कामदार पठाउने कार्य रोक्न पहल गर्नेछु :राजेन्द्र लिङ्देन

साउदीको सप्लाई कम्पनीमा नेपाली कामदार पठाउने कार्य रोक्न पहल गर्नेछु :राजेन्द्र लिङ्देन

 

काठमाडौं, १० भदौ ।  साउदी अरबमा सप्लाई कम्पनीमा नेपाली कामदार पठाउने कार्य रोक्नका लागि पहल गर्ने  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवम् निवर्तमान उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले बताएका छन् । साउदी अरेबियाको भ्रमणमा रहेका नेता लिङ्देनले त्यहाँ सप्लार्ई कम्पनीमार्फत काम गरी समस्यामा परेका नेपाली कामदारहरूसँग छलफलपछि उक्त धारणा सार्वजनिक गरेका हुन् ।

अध्यक्ष लिङ्देनले त्यहाँ आयोजना गरिएको एक कार्यक्रममा उपस्थित नेपालीहरूलाई सम्बोधन गरेका थिए । सम्बोधनमा उनले सप्लाई कम्पनीमा आएकाहरू बढीजसो समस्यामा परेकाले उक्त समस्यालाई न्यूनीकरण गर्न यस्ता कम्पनीहरूमा नेपाली कामदार जान श्रम स्वीकृति नै दिन रोक्नुपर्ने भन्दै आफूले यसका लागि नेपाल फर्केपछि संसदमा र सम्बन्धित निकायमै पुगेर पहल गर्ने बताए । साउदी म्यानपावर सोलुशन, नास म्यानपावर सोलुशन, इस्टर्न रिक्रुटिङ कम्पनीलगायत मुख्य सप्लाईर्स कम्पनीका रूपमा रहेका छन् ।

 
साउदीमा करार अवधिभन्दा अगावै कामदार पारिवारिक वा अन्य बाध्यताले कम्पनी छोडेर स्वदेश फर्किनुपर्ने बाध्यतामा पुग्दा रोजगारदाता कम्पनीले अनिवार्यरूपमा स्वदेश फर्किने अनुमति एक्जिट पर्मिट लिनुपर्छ । तर सप्लाई कम्पनीहरूले नेपाली कामदार जस्तोसुकै बाध्यात्मक अवस्थामा पुगेपनि एक्जिट पर्मिट नदिने गरेकोे अवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।