image
image

नेपालमै पहिलोपटक आईटी ओलम्पियाड हुँदै

काठमाडौं । आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओलम्पियाड हुने भएको छ । प्रविधिको नवीनतामा विशेष ध्यान राख्दै आएको आदिम कलेज र प्रविधिमा युवाको सशक्तिकरणमा काम गर्दै आएको कोड फर चेन्जले यो कार्यक्रम गर्न लागेका हो । परीक्षाले मापन गर्दै आइएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहयोग पुर्याई प्रविधिमा फड्को मार्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रममा विद्यालयबाट छानिएका उत्कृष्ट दुई प्रतिस्पर्धी प्रदेशस्तरको प्रतिस्पर्धामा एउटै टिम भई आफ्नो विद्यालयको प्रतिनिधित्व गर्नेछन् ।  

देशैभर दक्ष जनशक्ति उत्पादन गरी विभिन्न राष्ट्रिय कार्यक्रमहरुको सफल कार्यान्वयन गरिसकेको कोड फर चेन्जले उक्त कार्यक्रमको मुख्य जिम्मेवारी पाई काम शुरु गरिसकेको छ । विभिन्न ८० विद्यालयबीच हुने प्रदेशस्तरीय प्रतिष्पर्धा फरक फरक प्रदेशमा हुनेछ र हरेक प्रदेशबाट एउटा टिम तथा एउटा विद्यालयले रास्ट्रियस्तरको प्रतिस्पर्धामा भाग लिन पाउनेछन र जितेर सुनौलो अवसर हात पार्न सक्नेछन् ।

पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, त्रिभुवन विश्वविधालय इन्जिनियरिङ संस्थानका प्राध्यापक डा. सुवर्ण शाक्य, नेसनल इन्नोभेसन सेन्टरका प्रमुख महावीर पुन र विज्ञान तथा प्रविधि शाखा त्रिभुवन विश्वविधालयका सहायक प्राध्यापक नवराज पौडेलको बोर्ड अफ ट्रस्टी रहेको उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्य शहरहरुमा हुन लागेको हो ।

चैत ७ मा सुरु भई वैशाखको २० गते सकिने उक्त कार्यक्रम ७ वटा प्रदेशमा हुने छ, जसमध्ये ६ वटा प्रदेश बाट १०,१० विद्यालयाहरुले उपस्थिति जनाई प्रतिष्पर्धा गर्न सक्नेछन् भने ३ नम्बर प्रदेशमा २० वटा विद्यालयबीच प्रतिस्पर्धा भई प्रदेशस्तरको प्रतिस्पर्धामा पुग्नेछन, हरेक प्रदेशबाट एक/एक वटा विद्यालयलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ विद्यालयका विधार्थीहरु रास्ट्रियस्तरको प्रतिस्पर्धामा पुग्ने र उत्कृष्ट टिमले विभिन्न पुरस्कार तथा राशि पाउनुका साथै राष्ट्रिय परिचय बनाउनसमेत सफल हुनेछन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।