डेंगु संक्रमणबाट, ७ जनाको मृत्यु
काठमाडौं असार २२ । नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएको जानकारी दिए ।
उनले भने, ‘ यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म ७ हजार ७ सय ३३ केस रिपोर्ट भइसक्या छ । सबै भन्दा बढी केस सुनसरीबाट रिपोर्ट भएको छ।
सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताए । ‘सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिका मासंक्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्यु भएको छ ।’ उनले भने ।
उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताए । हालसम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए ।
उनले भने, ‘ अहिले देशैभर डेंगु संक्रमण देखिएको छ । डेंगु सार्ने लामखुट्टे सबै जिल्लामा छ र यसले जतिबेला पनि डेंगु सर्न सक्छ। त्यसकारण सतर्क रहौं र लामखुट्टेको लार्भा नष्ट अभियानमाजुटौं ।’









