image
image

कामना सेवा विकास बैंकः नाफासँगै घट्यो प्रतिसेयर आम्दानी

 

काठमाडौ, १८ साउन । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको खुद नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा यस बैंकको खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष २८ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५० करोड ३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।

यता, कामना सेवा विकास बैंकको लाभांश वितरण गर्ने क्षमता १.७७ प्रतिशत छ । असार मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसाले घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।