image
image

अहिलेको बजेटले सबै क्षेत्रलाई समेट्न सकेन : अध्यक्ष तिमल्सिना

काठमाडौ, १७ साउन । सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताएका छन् । आज राष्ट्रिय सभा अन्तर्गत,राष्ट्रिय सरोकार समन्वय समितिद्धारा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले अहिलेको जस्तो बजेट योजना ,बजेट छलफल र वितरण गर्ने प्रणालीले देशको विकास नहुँने बताएका छन् ।

अध्यक्ष तिमल्सिनाले भने,‘अहिलेको जस्तो बजेट योजना, बजेट छलफल र वितरण गर्ने प्रणालीले हामी कही पुग्न सक्दैनौ । सबैको अन्तर विरोध र व्यवहार समानतापूर्ण छैन् । देशको प्रधानमन्त्री हुन नसक्ने देशको अर्थमन्त्री हुन नसक्ने अनि कसरी मुलुक चल्छ ? ’

अध्यक्ष तिमल्सिनाले जनताद्धारा निर्वाचित नेताहरुले स्थानीय तहको समस्याहरु पहिचान गर्न नसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा गएर कसरी स्थानीय तहलाई बलियो बनाउँने भन्ने बारे सोच्नुपर्ने टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।