image
image
तीनधारे झरनाले ल्यायो स्थानीय बासिको मुहारमा खुशी

तीनधारे झरनाले ल्यायो स्थानीय बासिको मुहारमा खुशी

हिला घरायसी सामान किन्नको लागिसमेत तल बेँसीको पलह झर्नुपर्ने चण्डी र काफलडाँडाका स्थानीय बासिन्दाहरुले अहिले झरनाका कारण यहाँसम्म आउने आन्तरिक पर्यटककहरको वृद्धि भएसँगै बाटो छेउछाउमा व्यवसाका लागि पसल राख्न संरचनाहरु निर्माण गर्ने काम थालेका छन् ।बाटो छेउमा जग्गा हुनेले आफ्नै र कसैले भाडामा समेत ठाउँको व्यवस्थापन गरेर सानोतिनो पलस राख्न संरचना निर्माण गर्नेदेखि नाङ्लो पसल समेत राखेर आम्दानी गर्नेहरु बढ्न थालेका छन् । काफलडाँडाका स्थानिय बासिले झरना हेर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि करिब एक हप्तादेखि बाटो छेउमा पसल राख्न शुरु गरेको बताएका छन् ।

पर्यटकको आगमन बढ्दै गएपछि अलिअलि भए पनि हुन्छ कि भनेर व्यापार गर्न थालेको र दैनिक गुजारा गर्न पुग्ने व्यापार भएको छ । गाउँलेले त्यसरी नै यहाँ फलेका फलफूलका साथै अरु पनि केही स्थानीय उत्पादनहरु राखेर सानो पसलबाट व्यवसाय शुरु गरेका छन् ।सोही डाँडामा मःमः तथा खाजा पसल शुरु गरेका मनोज बराईलीले अचेल दैनिक चारदेखि पाँच हजारसम्म आम्दानी भएको बताए । रोशी गाउँपालिका वडा नं १ नारायणटार घर भई धुलिखेलमा स्नातक तहमा अध्ययन गर्दै आउएका उनी कोरोना भाइरसको महामारीले बन्दाबन्दी भएपछि गाउँमा आएर बसेका थिए ।

घरमा लामो समयसम्म बसेपछि केही व्यापार व्यवसायको खोजीमा रहेहा उहाँले पर्यटकको आवागमन बढ्न थालेपछि सोही स्थानमा मम पसल शुरु गरेको बताउनुभयो । उनले स्थानीय वीरबहादुर मगरको घर भाडामा लिएर सो पसल शुरु गरेका थिए । तीन जना मिलेर पसल शुरु गरेको र अहिले दैनिक राम्रै आम्दानी भएको बराईलीले जानकारी दिए । उनी मात्रै होइन झरनामा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यहाँका स्थानीयवासीले दर्जनौँ ठाउँमा पसल राख्न शुरु गरेका छन् ।जसका कारण यहाँको व्यावसायिक कार्यको शुरुआत त भएकै छ यहाँ दैनिक जीवनमा समेत परिवर्तन आउन थालेको र यहाँका युवाहरु काममा व्यस्त हुन थालेको स्थानीयवासी बताउँछन् ।

उनीहरुले स्थानीय सरकारले समेत पर्यटन प्रवद्र्धनको क्षेत्रमा विकास गर्ने थप योजना अघि सार्नुपर्ने बताउँछन् । अहिले स्थानीय सरकारले फलामेसाँघु, नारायणटार, चण्डीबेँसी, चण्डीडाँडा र काफलडाँडाजस्ता पर्यटकीयस्थललाई लक्ष्य गरेर विभिन्न योजना ल्याउनुपर्ने उनीहरुको माग छ । यी स्थानहरुले विस्तारै मुहार फेर्दै जानेमा विस्वस्त रहेका स्थानीयवासीले तर विकासका कार्यक्रम बिना यो सम्भव नभएको भन्दै यसका लागि प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउने बताउँछन् ।

काफलडाँडाका स्थानीयवासी वीरबहादुर मगर भन्नुहुन्छ, “पहिला निकै विकटका कारण जीवन गुजाराको लागि समेत कठिन अवस्था व्यहोर्नुपर्ने अवस्था थियो तर अब भने यहाँका आकर्षक पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेपछि यो ठाउँको पनि विकास हुन्छ कि भन्ने आशा पलाएको छ ।” उनको सुझाव छ “तर त्यसै या आफैँ त कहीँको पनि विकास हँुदैन, स्थानीय नागरिक लाग्नुपर्छ र त्यसमा स्थानीय सरकारको पनि साथ र योजना चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।